Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी


रियो दि जेनेरियो, भदौ १६
कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घण्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा संक्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का संक्रमित भेटिएका बताइएको हो । तर अधिकारीहरुले यो संख्या भने पहिलेको भन्दा कम भएको पनि बताएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घण्टामा ३६० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ३६० जनाको गएको २४ घण्टामा नै निधन भएको हो । यहाँ यसअघिका दिनहरुको तुलनामा संक्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा यहाँ अघिल्लो हप्तामा दिनमा ५० हजार जनासम्ममा पनि संक्रमण देखिएको थियो ।

तर त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ । संक्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । सो मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या एक लाख २० हजार आठ सय पुगेको छ । यहाँ संक्रमित संख्या लाखौँ पुगेका छ । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ ३८ लाख ६२ हजार तीन सय ११ जनामा संक्रमण भएको पाइएको छ । शनिबार मात्र पनि यहाँ ४० हजारजना भन्दा बढी संक्रमित भेटिएका थिए । त्यस्तै मृत्युको संख्या सात सयभन्दा पनि बढी थियो । त्यसको तुलनामा आइतबार कम देखिएको बताइएको छ ।

यहाँका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । यहाँ संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित देखिएका बताइएको छ । ब्रालिज लामो समयदेखि नै अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा रहेको छ । अमेरिकामा कोरोना भाइरसका करिब ६० लाख मानिस संक्रमित पाइएका छन् । पछिल्लो समाचारमा अमेरिकामा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख ८३ हजार पुगेको बताइएको छ । अमेरिकामा संक्रमण र मृत्युको संख्या दिनप्रतिदिन बढिरहेको देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया