Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररोल्स रोयसले सार्वजनिक ग-यो साढे दुई लाख पाउन्ड मूल्यको कार

रोल्स रोयसले सार्वजनिक ग-यो साढे दुई लाख पाउन्ड मूल्यको कार


लन्डन, भदौ १८
विश्वमा कोरोना महामारीको प्रभाव बढिरहे पनि चर्चित कम्पनी रोल्स रोयसका कारहरुको माग भने बढेको छ । कम्पनीका प्रमुख टोस्र्टेन म्युलर अटभोसले विलासी कारहरुको माग विश्वमा बढिरहेको जानकारी दिएका हुन् । उनका अनुसार एसिया, युरोप र अमेरिकामा धेरै वा थोरै रुपमा सामान्य अवस्थामा फर्किनथालेको छ । म्युलरले कम्पनीको नयाँ रोल्स रोयस घोस्ट सार्वजनिक कार्यक्रममा बोल्दै पछिल्लो मोडलको कार साढे दुई लाख पाउन्ड मूल्य पर्ने जानकारी दिए । उनले यो वर्षको ६ महिनामा कार बिक्री ३० प्रतिशतले घटे पनि पुनः बजार लयमा फर्किरहेको बताए ।

उनले नयाँ कार पूर्णरुपले नयाँ डिजाइनमा सफल रहेको बताए । रोल्स रोयसले विश्व महामारीको प्रभाव उच्च हुँदा दुई हप्ता उत्पादन बन्द गरेको थियो । सन् २०१९ मा राम्रो भएको कार बजार महामारीले नराम्ररी प्रभावित भएको थियो । सन् २०१९ मा कम्पनीले १ सय १६ वर्षे इतिहासमै राम्रो व्यापार उनको भनाइ थियो । उनले पछिल्लो समय व्यवसाय लयमा फर्किनथालेको समेत उल्लेख गरे । अमेरिका कम्पनीको ठूलो बजार भए पनि चीन महत्वपूर्ण रहेको बताए । तर बेलायतजस्ता देशमा भने कम्पनीका कारको माग बढिरहेको उनको भनाइ छ । बेलायतमा कम्पनीको १० प्रतिशत बिक्री हिस्सा रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया