Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पलको सेयर बढेको बढ्यै

एप्पलको सेयर बढेको बढ्यै


लन्डन, भदौ १८
अमेरिकी प्रविधि कम्पनी एप्पलको सेयर लगातार वृद्धि भइरहेको छ । कम्पनीको सेयर मूल्य बढ्ने क्रममा मंगलबार बेलायतको टप सेयर इन्डेक्सका सबै सदस्य कम्पनीलाई पाखा लगाएको बीबीसीले जनाएको छ ।

बेलायतको एफटीएसई १०० (सेयरबजार) मा कम्पनीको सेय चार प्रतिशतले बढेको हो । योसँगै कम्पनीको मूल्यांकन २३ खर्ब अमेरिकी डलर अर्थात् १७ खर्ब पाउन्ड पुगेको छ । बाँकी सबै सदस्य कम्पनीको मूल्यांकन केवल १५ खर्ब पाउन्ड स्टर्लिङ छ । यो एप्पलले २० खर्ब डलर मूल्यांकन पाएको केवल दुई हप्तापछिको समय हो । खासगरी प्रविधि कम्पनीहरुको उत्पादनको माग विश्व महामारी कोरोनाका बेला तीव्र गतिमा बढिरहँदा यो क्षेत्रका कम्पनीलाई फाइदा भएको हो ।

वर्तमान समयमा विश्वका अधिकांश मानिसहरु कामका लागि प्रविधिमा निर्भर हुँदै गएका छन् । मार्चयता एप्पलको सेयर झण्डै दोब्बर दरमा बढिरहेको छ । तर विश्वका अधिकांश सेयरबजारमा महामारीको नराम्रो प्रभाव परिरहेको छ । लगानीकर्ताहरु पनि यस्तो बेला प्रविधि कम्पनीप्रति आकर्षित भएका छन् । त्यसो त लन्डनमा सूचीकृत अधिकांश कम्पनीहरु तेलसम्बन्धी र बैंकहरु छन् । तर ती सबैलाई अमेरिकी प्रविधि कम्पनीले पछाडि पारिदिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया