जापानले एसियामा ५ वर्षभित्र १९ अर्ब डलरका परियोजना सञ्चालन गर्ने

टोक्यो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलरबराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले यस क्षेत्रमा आफ्नो सकारात्मक उपस्थिति र सहयोग विस्तार गर्ने प्रयासको रूपमा लिएको हो ।
एएफपीका अनुसार प्रधानमन्त्री सानाए ताकाइचीले टोकियोमा पाँच मध्य एसियाली राष्ट्रका नेताहरूसँग पहिलो शिखर सम्मेलन आयोजना गरेकी हुन् । बैठकपछि जारी संयुक्त वक्तव्यअनुसार जापानले मध्य एसियामा पाँच वर्षभित्र कुल तीन करोड येनबराबरका व्यापार परियोजनाको लक्ष्य तय गरेको छ ।
जापानले दुर्लभ धातु आपूर्ति विविधीकरण गर्न र चीनमा निर्भरता कम गर्न यस क्षेत्रमा लगानी गर्न इच्छुक छ । वक्तव्यमा उल्लेख छ, ‘प्राकृतिक स्रोत र ऊर्जा स्रोतले धनी मध्य एसियाले अन्तर्राष्ट्रिय बजारसँग पहुँच विस्तार गर्नु महत्वपूर्ण छ ।’
नेताहरूले महत्त्वपूर्ण धातु आपूर्ति शृंखला सुदृढीकरणका लागि सहयोग बढाउने, आर्थिक विकास प्रवर्द्धन गर्ने र वातावरणीय लक्ष्यहरू प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनीहरूले रूस, चीन र युरोपेली संघका शीर्ष नेतासँग यस वर्ष अलग–अलग शिखर सम्मेलन पनि गरेका छन् । विशेषज्ञहरूले यस शिखर सम्मेलनलाई जापानको क्षेत्रीय उपस्थिति बलियो बनाउन महत्वपूर्ण कदमको रूपमा मूल्यांकन गरेका छन् ।
मध्य एसियाका राष्ट्रहरू प्राकृतिक स्रोतमा धनी भए पनि आर्थिक अवस्थाका कारण यी स्रोतहरूको उपयोग चुनौतीपूर्ण रहिरहेकाले सहकार्य र समन्वय आवश्यक छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति
- भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु
- गरिब बस्तीको जनजीवन अत्यधिक चिसोले कष्टकर
- जापानले एसियामा ५ वर्षभित्र १९ अर्ब डलरका परियोजना सञ्चालन गर्ने
- श्रीलंकालाई आईएमएफको २ करोड डलर बढी सहायता
- लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नर पौडेलको राजिनामा
- सिद्धार्थ बैंक र नेपाल सोसल बिजनेसबीच युवा उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य
- नेपाल क्लियरिङ हाउसको १४औँ वार्षिक साधारणसभा
धेरैले पढेको
- भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोगदाताको आकर्षण देखिएन
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु
















तपाईको प्रतिक्रिया