Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी बेरोजगारी दर घटेर १० प्रतिशत तल

अमेरिकी बेरोजगारी दर घटेर १० प्रतिशत तल


वासिड.टन, भदौ २१
अगस्ट महिनामा अमेरिकी बेरोजगारी दर घटेर १० प्रतिशतभन्दा तल पुगेको छ । केही कम्पनीहरुले नयाँ र अस्थायी कर्मचारी नियुक्ति थालेपछि बेरोजगारीमा सुधार भएको बताइएको छ ।

ती कम्पनीहरुले उक्त महिना १४ लाख नयाँ रोजगारी सिर्जना गरेका छन् । सार्वजनिक तथ्यांकअनुसार कोरोनाको महामारी सुरु भएयता बेरोजगारी दर पहिलोपटक १० प्रतिशतभन्दा तल पुगेको हो । त्यस्तै लगातार चार महिनायता अमेरिकाको रोजगारीमा निरन्तर सुधार देखिएको छ । कोरोनाभाइरस संक्रमणको त्रासले गरिएका कडाइ खुकुलो हुनथालेपछि आर्थिक क्षेत्र पनि जुर्मुराउन थालेको एजेन्सीहरुले बताएका छन् ।

यसका बाबजुद फेब्रुअरी महिनाको बेरोजगारी दरभन्दा अहिलेको नयाँ दर अझै बढी रहेको छ । अप्रिलमा अमेरिकी राज्यहरुले नागरिकलाई घरमै बस्ने आदेश जारी गरेका थिए । सो आदेशसँगै व्यापार व्यवसाय ठप्प हुँदा अमेरिकाको बेरोजगारी दर १४.७ प्रतिशतसम्म पुगेको थियो । अहिले सुधारको संकेत देखिए पनि यो दिगो नभएको बताइएको छ ।

अमेरिकामा सरकारले दिने राहत प्याकेज र साना व्यवसायीले पाउने अनुदान सुविधा बन्द भइसकेको छ । ह्वाइट हाउस र संसदबीच कुरा नमिल्दा पछिल्लोपटक राहत प्याकेज पारित भएन । तर अर्थशास्त्रीहरुले भने फेब्रुअरीकै अवस्थामा फर्किन अझै नौ महिना कुर्नुपर्ने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया