Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व प्रविधिबजारमा प्रभुत्व जमाउँदै चिनियाँ कम्पनी

विश्व प्रविधिबजारमा प्रभुत्व जमाउँदै चिनियाँ कम्पनी


बेइजिड., भदौ २२
विश्व प्रविधि बजारमा चिनियाँ ब्रान्डको उपस्थिति बढेको छ । यो वर्ष दोस्रो त्रैमासिकमा चिनियाँ वस्तुको शिपमेन्ट उल्लेख्य बढेको एउटा औद्योगिक प्रतिवेदनले देखाएको सिन्ह्वाले जनाएको छ । दोस्रो त्रैमासिकमा अमेरिकी प्रविधि कम्पनी एप्पल, चिनियाँ प्रविधि कम्पनी हुवावे र साओमीले विश्व प्रविधिबजारलाई डो¥याइरहेका छन् ।

यो तथ्यांक विश्व बजार अनुसन्धान फर्म इन्टरनेशनल डाटा कर्पोरेसन (आईडीसी)ले तयार गरेको हो । अरुको तुलनामा हुवावेको ब्रान्ड शिपमेन्ट ५८ प्रतिशतले बढेर १ करोड ९ लाख पुगेको छ भने साओमीको १३.५ प्रतिशतले विस्तार भएर १ करोड १ लाख पुगेको छ ।

वेरेबल प्रडक्ट्सअन्तर्गत इयरवेयर (कान पहिरन), नाडीमा बाँध्ने वस्तु (रिस्टब्यान्ड) र स्मार्टवाच (हातेघडी) पर्दछन् । यिनै वस्तुको व्यापारमा चिनियाँ प्रभुत्व विस्तार भएको हो । यसमध्ये पनि कुल वेरेबल प्रडक्टको ६० प्रतिशत भने इयरेबल वस्तुले ओगटेको रिपोर्टले देखाएको छ । आईडीसी सन् १९६४ मा स्थापना भएको संस्था हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया