Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या नौ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या नौ लाख नाघ्यो


काठमाडौं, भदौ २६
विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।

सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ७९ जनाको निधन भएको देखाइएको छ । साथै यस भाइरसबाट संक्रमित हुनेहरु २ करोड ७६ लाख ९५ हजार १३० पुगेको पनि सो विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा देखाइएको छ । त्यस्तै उक्त तथ्यांकअनुसार यस भाइरसबाट १ करोड ८६ लाख ६० हजार चार सय ७४ जना संक्रमण मुक्त भएका छन् । उता विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार भने यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब नौ लाख पुगेको छ । सो संगठनले ८ लाख ९५ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।



तपाईको प्रतिक्रिया