Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु

कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु


काठमाडौं, भदौ २०
विश्वभरि कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ लाख २० हजार एक सय ४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या भने दुई करोड पाँच लाख ९४ हजार आठ सय ८४ पुगेको छ । हाल विश्वमा ७१ लाख ६४ हजार एक सय ६४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । त्यसैगरी ६० हजार आठ सय ९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ ।

अनुपातमा हेर्दा कुल संक्रमितमध्ये झण्डै ९९ प्रतिशत संक्रमितको अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले विश्वका दुई सय १५ देशमा देखिएको छ । यसको संक्रमण विश्वभरि नै फैलिएपछि अहिले महामारीको रुप लिएको छ ।

कोरोना भाइरसबाट बढी प्रभावित भएका देशहरुमध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहेको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यस्तो रहेको छ । अमेरिकामा ६६ लाख ३६ हजार दुई सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये एक लाख ९७ हजार चार सय २१ जनाको मृत्यु भएको छ । दोस्रो धेरै प्रभावित भएको भारतमा ४६ लाख ६३ हजार नौ सय ३० जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने ७७ हजार पाँच सय ३७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४२ लाख ८३ हजार नौ सय ७८ जना कोरोना भाइरसबाट संक्रमित हुँदा एक लाख ३० हजार चार सय ७४ जनाको मृत्यु भएको तथ्यांक छ । रुस १० लाख ५७ हजार तीन सय ६२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ कोरोनाकै कारण अहिलेसम्म १८ हजार चार सय ८४ जनाको मृत्यु भएको छ । पेरुमा भने संक्रमित भएकाहरुको संख्या सात लाख ६१ हजार छ सय ७० रहेको छ । संक्रमित भएकाहरुको संख्या रुसको भन्दा थोरै रहे पनि मृत्यु भएकाहरुको संख्या भने रुसमा भन्दा पेरुमा धेरै रहेको छ । पेरुमा कोरोनाका कारण तीस हजार चार सय ७० जनाको मृत्यु भएको छ ।

त्यसैगरी कोलम्बिया सात लाख दुई हजार ८८, मेक्सिको छ लाख ५८ हजार दुई सय ९९, दक्षिण अफ्रिका छ लाख ४६ हजार तीन सय ९८, स्पेन पाँच लाख ७६ हजार छ सय ९७ र अर्जेन्टिनामा पाँच लाख ३५ हजार सात सय पाँच जना संक्रमित भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया