Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतका गृहमन्त्री शाह अस्पताल भर्ना

भारतका गृहमन्त्री शाह अस्पताल भर्ना


नयाँ दिल्ली, भदौ २९
भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उहाँलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहनु भएका शाह त्यतिबेलाको संक्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना भएका हुन् । संसदको नयाँ अधिवेशन सुरु हुनुअगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

‘गृहमन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ’, अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया