Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारराजनीतिक तनाव : झण्डै आधा घट्यो अस्ट्रेलियामा चिनियाँ लगानी

राजनीतिक तनाव : झण्डै आधा घट्यो अस्ट्रेलियामा चिनियाँ लगानी


क्यानबेरा, भदौ ३०
अस्ट्रेलियामा चिनियाँ लगानी झण्डै आधा परिमाणले घटेको छ । दुई देशबीच पछिल्लो समय बढिरहेको तनावका कारण अस्ट्रेलियामा चिनियाँ लगानीमा कमी आएको हो । योसँगै लगातार तेस्रो वर्ष चिनियाँ लगानी क्रमशः घटेको हो । सन् २०१८ मा ४ अर्ब ८० करोड अस्ट्रेलियन डलरको लगानी भएकामा सन् २०१९ मा ४७ प्रतिशतले घट्र साढे २ अर्ब अस्ट्रेलियन डलरमा झरेको रोयटर्सले जनाएको छ ।

तर सन् २०१६ मा भने १५ अर्ब ८० करोड अस्ट्रेलियन डलरको चिनियाँ लगानी भित्रिएको थियो । खासगरी खानी, रियल स्टेट, व्यावसायिक, उत्पादन र कृषिमा चिनियाँ लगानी कम भइरहेको बताइएको छ ।

पछिल्लो समय दुई देशबीच तिक्तता आएसँगै चीनले अस्ट्रेलिया पढ्न र यात्रा गर्ने आफ्ना नागरिकलाई कडाइ गरिरहेको छ भने त्यहाँबाट हुने वस्तु आयात पनि घटाइरहेको छ । अस्ट्रेलियन नेशनल युनिभर्सिटीको अस्ट्रेलियामा चिनियाँ लगानीसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । खानी क्षेत्रमा चीनले उल्लेख्य लगानी गर्ने गरेको थियो ।

वैदेशिक हस्तक्षेप, अस्ट्रेलियन पत्रकारलाई चीनमा गरिएको कडाइ, साइबर आक्रमण, व्यापार, हङकङ र कोभिड १९ महामारीलगायतका विषयमा दुई देश पछिल्लो समय आमनेसामने भएका छन् । अस्ट्रेलियाले विदेशी कम्पनीमाथि अख्तियार गरेको कडा नीति, हुवावेमाथि गरेको प्रतिबन्धलगायतले पनि चिनियाँ लगानी प्रवाहमा असर गरेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया