Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविहारलाई पाँचवटा रेल उपहार दिंदै मोदी, कोशी पुल उद्घाटन गर्ने

विहारलाई पाँचवटा रेल उपहार दिंदै मोदी, कोशी पुल उद्घाटन गर्ने


नयाँ दिल्ली ।
भारतको केन्द्र सरकारले विहारमा रेल पूर्वाधार सुधारको लागि शुक्रबार महत्वपूर्ण घोषणा गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विहारलाई शुक्रबार पाँचवटा नयाँ रेल उपहार दिने घोषणा गर्ने नवभारत टाइम्सले जनाएको छ । यसबाहेक भिडियो कन्फ्रेन्सबाट मोदीले कोशी रेल मेगा ब्रिजको पनि उद्घाटन गर्नेछन् ।

कोशी पुलको योजना ९० वर्ष पुरानो भएको बताइएको छ । विहारमा चाँडै चुनाव हुनसक्नेछ । यस्तो अवस्थामा आफ्नो पार्टीप्रति मोदीले आकर्षित गर्ने प्रयास गरिरहेका छन् । पाँचवटा नयाँ रेलबाहेक यात्रुरेलसँग सम्बन्धित १२ रेल परियोजना पनि सुरु गर्नसक्नेछन् । यसले विहारका लाखौँ मानिसलाई फाइदा हुनेछ । यो पुल दुई किमि लामो रहेको बताइएको छ । यसको निर्माणमा ५ अर्ब १६ करोड भारु खर्च भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया