Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआयातनिर्यात हुने वस्तुमा विद्युतीय सिलबन्दी प्रयोग गर्दै बंगलादेश

आयातनिर्यात हुने वस्तुमा विद्युतीय सिलबन्दी प्रयोग गर्दै बंगलादेश


ढाका, पुस १०
बंगलादेशले बन्दरगाह हुँदै आयात तथा निर्यात हुने वस्तुमा विद्युतीय सिलबन्दी प्रयोग गर्ने तयारी गरेको छ । बंगलादेशको राजस्व प्राधिकरणले अनिवार्य रुपमा विद्युतीय सिलबन्दी प्रयोगको व्यवस्था गर्न लागेको हो । द डेली स्टार अनलाइनका अनुसार सन् २०१७ मै नेशनल बोर्ड अर्फ रेभेन्यु (एनबीआर)ले विद्युतीय सिल तथा लकसम्बन्धी नियम ल्याएको थियो । तर उक्त नियमको कारण लागत खर्च बढ्ने भन्दै व्यापक विरोध भएपछि लागू हुनसकेको थिएन ।

एनबीआरले उक्त नियम लागू गर्न व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । बंगलादेशका सबै भन्सार अधिकारीका लागि आगामी मार्च १ देखि नयाँ पोशाक अनिवार्य गरिएको पनि एनबीआरले जनाएको छ । उक्त नयाँ प्रणाली स्थानीय व्यवसायीले भारत, नेपाल र भुटानमा आयातनिर्यात गर्दा प्रयोग गर्नुपर्ने बताइएको छ । उक्त प्रणाली चटगाउँ र मंगोला बन्दरगाहबाट आयात निर्यात हुँदा लागू हुने पनि उल्लेख गरिएको छ । यसका लागि एनबीआरले आयातनिर्यात वस्तुको परीक्षण बढाउन थप स्क्यानर समेत खरिद गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया