हाइटीमा खाद्य असुरक्षाको खतरा उच्च
हाइटी, पुस १०
राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा लामो आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ । यहाँ विगतमा महिनौदेखि आन्दोलन भएको थियो । त्यसका कारण पनि यहाँको आर्थिक विकास तथा क्रियाकलापहरुको अवस्था नाजुक बनेको र यसले गर्दा खाद्यान्नको आपूर्तिमा नै कमी आउने अवस्था देखिएको पाइएको हो ।
सिन्ह्वाका अनुसार यहाँ विगतमा महिनौँदेखि सरकारका विरुद्धमा प्रदर्शन भएको थियो । विशेषगरी आन्दोलनकै कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा जनाइएको छ । राजनीतिक अस्थिरताकै कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि व्यापार व्यवसायका साथै विद्यालय, विश्वविद्यालय पनि लामो समय बन्द रहेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ । हाइटीमा दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकेकोले देशको आर्थिक अवस्थाका साथै खाद्य उत्पादन पनि कम हुदै गएको उनको भनाइ छ ।
हाइटीका लाखौँ मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने उनले बताए । एक पछिल्लो प्रतिवेदनका अनुसार अहिले पनि हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् । साथै उनले आगामी दिनहरुमा पनि यो समस्याको समाधान हुनुको सट्टा थप जटिल बन्दै जाने अवस्था रहेको बताए । संयुक्त राष्ट्रसङ्घले केही समय अघि प्रकाशन गरेको ‘इन्टिग्रेटेड फेज क्लासिफिकेसन’ (आइपिसी) प्रतिवेदनमा यस्तो अवस्था रहेको पाइएको बताइएको थियो । त्यस अवस्थामा तत्कालै सुधार ल्याउन नसकिने पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदन विश्वव्यापी रुपमा खाद्यान्नको समस्या के कस्तो छ र त्यसका कारण के हुन् भनी पत्ता लगाउने प्रणाली बमोजिम तयार पारिएको हो । सो प्रतिवेदनले हाइटीको यस खाद्यान्न अभावको समस्या समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव पनि दिएको छ । आगामी करिब चार महिनाभित्रै यहाँ कम्तीमा पनि ४२ लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नुपर्ने अवस्था आउने उक्त प्रतिवेदनले औल्याएको छ । यसैकारण संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण अवस्था भएकोले यसका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर
- एनआईसी बैंकद्वारा कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम
- प्रधानमन्त्री र प्राधिकरणको बेइमानीमा फेरि कालोसूचीमै !
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया