भारतको इन्धन आयात उच्च वृद्धि
नयाँ दिल्ली, पुस १०
भारतको इन्धन आयात नोभेम्बर महिनामा सात महिनायताकै उच्च रुपमा बढेको छ । रोयटर्सका अनुसार डिजल निर्यात पनि दुई वर्षयताकै उच्च रुपले बढेको छ । सुस्ताउँदो अर्थतन्त्रका कारण घरेलु बजारमा इन्धन माग समेत घटेको छ भने प्रशोधनको कामले पनि उस्तै गति लिएको छ । भारतको नोभेम्बर महिनामा इन्धन आयात १२.७ प्रतिशतले बढेर ४७ लाख ब्यारेल प्रतिदिन पुगेको बताइएको छ । जुन अप्रिल महिनायताकै धेरै आयात हो ।
उक्त तथ्यांक तेल मन्त्रालयको पेट्रोलियम प्लानिङ एण्ड एनालाइसिस सेल (पीपीएसी)ले निकालेको हो । यसअघि रिफाइनरी (प्रशोधन गृह)को मर्मत गरिएकाले अघिल्ला महिनामा कम आयात भएको बताइएको छ । हाल ती सबै रिफाइनरीहरु पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । भारत विश्वकै तेस्रो ठूलो इन्धन आयात गर्ने र देश हो । सन् २०२० को अप्रिलदेखि भारतले युरो ६ इन्धन प्रयोग गरी कार्बन उत्सर्जन कटौतीमा सघाउने प्रतिबद्धता जनाएको छ । यस्तै नोभेम्बरमा प्रशोधित इन्धन निर्यात १६.४ प्रतिशतले बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया