‘आयुष्मान भारत कार्यक्रमबाट ७० लाख नागरिक लाभान्वित’
लखनऊ, पुस १०
आयुष्मान भारत, प्रधानमन्त्री जन आरोग्य योजना स्वास्थ्य विमा कार्यक्रमबाट ७० लाख भारतीय लाभान्वित भएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । बुधबार अटल बिहारी मेडिकल यूनिभर्सिटीको भवन निर्माणका लागि आधारशिला स्थापना कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले आयुष्मान भारत योजना ‘विश्वकै सवैभन्दा ठूलो कार्यक्रम’ भएको बताए । उनले भने, ‘कार्यक्रम सुरू भएको छोटो समयमा नै ७० लाख जनता प्रधानमन्त्री जन आरोग्य योजनाबाट लाभान्वित भएका छन् ।’ कार्यक्रमबाट लाभ लिनेमध्ये ११ लाख नागरिक उत्तर प्रदेशबाट रहेका पनि उनले बताए ।
स्वास्थ्य क्षेत्रका लागि केन्द्रीय सरकारले पहिलो रोगनिरोधी कार्यक्रम, दोस्रो व्यहोर्नसक्ने स्वास्थ्य सेवा र तेस्रो आपूर्तिका पक्षमा हस्तक्षेप रहनेगरी कार्यक्रम अघि सारेको उहाँको भनाइ थियो । यसको अर्थ स्वास्थ्य क्षेत्रका सम्पूर्ण मागलाई सुनिश्चित गर्ने रहनेछ । अन्तिममा सरकारले विशेष लक्षित खालको कार्यक्रममार्फत सेवा प्रदान गर्नेछ । कार्यक्रममा प्रधानमन्त्री मोदीले पूर्व प्रधानमन्त्री तथा भाजपाका श्रद्धेय स्वर्गीय नेता अटल विहारी बाजपेयीको जन्मदिवसका अबसरमा लोकभवनमा निर्माण गरिएको शालिकको अनावरण गरेका थिए । (रासस/एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया