‘विश्वका प्रमुख अर्थतन्त्र चीन र जापान मुख्य व्यापारिक साझेदार’
छेन्दु, चीन, पुस १०
चीनका प्रधानमन्त्री ली खछ्याङले बुधबार सछ्वान प्रान्तको तुच्याङयान सहरमा जापानका प्रधानमन्त्री शिन्जो आबेसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री लीले भने, ‘चीन र जापानले चार राजनीतिक दस्तावेजमा निश्चित सिद्धान्तको पालना गरी इतिहासबाट सिकेर भविष्यमा संवेदनशील समस्याको सावधानीपूर्ण समाधान खोजेर दुई देशको सम्बन्धलाई सही मार्गमा फर्काउने आधारमा अझ विकास गर्नुपर्छ ।’
चीनले जापानसँग दुई पक्षबीचमा अझ बढी उच्चस्तरीय आदान–प्रदानका लागि राम्रो वातावरणको सिर्जना गर्ने आशा गरेको पनि उनले बताए । विश्वका प्रमुख अर्थतन्त्र चीन र जापान एक आपसका लागि मुख्य व्यापारिक साझेदार हुन् । चीनले सेवा उद्योगको खुलापनलाई विस्तार गर्दैछ । यसबाट दुई देशको सहकार्य गर्न अझ बढी अवसर मिलेको प्रधानमन्त्री लीले व्यक्त गरे ।
दुई एसियाली मुलुकले क्षेत्रीय तथा विश्व शान्ति, स्थिरता, विकास तथा समृद्धिका लागि जिम्मेवारी वहन गरेको प्रधानमन्त्री आबेले भेटका क्रममा बताए । दुई पक्षले उच्चस्तरीय आदान–प्रदानलाई घनिष्ट पार्नुका साथै वार्तालाई सबल पारी सम्बन्धको नयाँ युगको सिर्जना गर्नुपर्ने पनि प्रधानमन्त्री आबेले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया