अमेरिकी अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिमा ब्लेयर
वासिङटन, पुस १०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिका रूपमा रोबर्ट ब्लेयरलाई नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ । सोमबारको निर्णयअनुसार ब्लेयरलाई अमेरिकी फाइभ–जीको बजार बिस्तार प्रयासमा सहयोगका लागि उनलाई प्रतिनिधि तोकिएको ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ब्लेयरले राष्ट्रपतिको सहयोगी तथा ह्वाइट हाउसका कर्मचारी प्रमुखको वरिष्ठ सल्लाहाकारका रूपमा सम्हाल्दै आएको जिम्मेवारीलाई पनि निरन्तरता दिनुहुनेछ, विज्ञप्तिमा भनिएको छ । ब्लेयरले अमेरिका राष्ट्रपतिको कार्यालयको कर्मचारी प्रमुखका वरिष्ठ सल्लाहाकारको हैसियतमा राष्ट्रपति ट्रम्पमाथि यूक्रेनसँगको सम्बन्धका बिषयमा अमेरिकी कङ्ग्रेसको तल्लो सभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ मा राष्ट्रपतिमाथिको महाअभियोग प्रस्तावका लागि लगाइएको आरोपबारे सशक्त प्रतिवाद गरेका थिए । उनले आरोपबारे अनुसन्धानकर्ताहरूलाई ट्रम्पको तर्फबाट जवाफ पेश गरेका थिए ।
ह्वाइट हाउसमा नियुक्त हुनभन्दा पहिले उनले रक्षा कार्यक्रम अन्तर्गत व्यवस्थापन तथा बजेट उपनिर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनले ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ अन्तर्गत विनियोजन समितिको कर्मचारीका रूपमा एक दशकभन्दा बढी काम गरेका थिए । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया