Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारग्रिसको मोरिया क्याम्पबाट करिब पाँच सय आप्रवासी बालबालिकालाई फ्रान्स ल्याइने

ग्रिसको मोरिया क्याम्पबाट करिब पाँच सय आप्रवासी बालबालिकालाई फ्रान्स ल्याइने


एथेन्स ।
ग्रिसस्थित डढेलोबाट प्रभावित मोरिया क्याम्पमा रहेका ५०० बालबालिकालाई फ्रान्समा ल्याइने सरकारी अधिकारीले बिहीबार बताएका छन् । फ्रान्सका यूरोपेली मामिला मन्त्री क्लेमेन्ट बिउनीले स्थानीय रेडियो आरटीआरसँग भने, ‘फ्रान्सले केही दिन पहिले डढेलो प्रभावित शिविरका ३५० बालबालिकालाई फ्रान्स ल्याउने प्रतिवद्धता जनाइसकेको थियो ।

थप एक सय ५० बालबालिकासहित उक्त क्याम्पका कुल पाँच सय आप्रवासी बालबालिकालाई फ्रान्समा शरण दिइनेछ ।’ सेप्टेम्बरको सुरुमा करिब १२ हजार शरणार्थी रहेको शिविरमा आगलागी भएपछि उनीहरूलाई यूरोपका विभिन्न स्थानमा व्यवस्थापन गर्ने इयू नेताहरूबीच सहमति भएको र फ्रान्सले यसै आधारमा ती बालबालिकालाई आफ्नो मुलुकमा भित्र्याउन तयार भएको हो ।

‘आप्रवासी र शरणार्थी व्यवस्थापनका लागि भएको नयाँ सम्झौता’मा इयूका २७ सदस्य राष्ट्रहरूले शरणार्थीको बोझ लिने सहमति गरिएको युरोपेली आयोगले बुधबार सार्वजनिक सूचनामा जानकारी गराइएको थियो । यद्यपि केही साना मुलुकहरूले बराबर शरणार्थी बाड्ने सहमतिमा असहमति जनाएका छन् ।

यसैबीच बिउनीले फ्रान्सको मार्सेलीतर्फ हिँडेको भनिएका तर इटालीबाट उद्धार गरिएका एक सय ३० आप्रवासीहरूलाई इटालीमा व्यवस्थापन गर्न भनेका छन् । उनले फ्रान्सले यसबाट आफ्नो हिस्सामा पर्ने बोझ लिन तयार भएको पनि बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया