Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको यस वर्षको अन्तर्राष्ट्रिय चलचित्र मेला अर्को वर्षलाई स-यो

भारतको यस वर्षको अन्तर्राष्ट्रिय चलचित्र मेला अर्को वर्षलाई स-यो


नयाँ दिल्ली ।
भारतमा हुने बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ । यस बर्ष हुने मेला अर्को वर्ष मात्रै आयोजना गर्ने गरी सारिएको छ । यस वर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।

भारतमा कोरोनाभाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस बर्ष मेला आयोजना गर्न सकिने संभावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन् ।आयोजकहरुको आधिकारिक ट्विटर हेन्डलमार्फत कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो । उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यस वर्ष आयोजना गर्ने तय भएको ५१औँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष गर्न नसकिने भएको छ ।

यो मेला अहिलेलाई स्थगित गरेर अर्को बर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ ।’ विगत पाँच दशकदेखि हुँदै आएको भारतको बहुप्रतिष्ठित वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया