Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसम्पत्ति शुद्धीकरण उल्लङ्घनमा वेस्टप्याक बैंकलाई अस्ट्रेलियामा ऐतिहासिक

सम्पत्ति शुद्धीकरण उल्लङ्घनमा वेस्टप्याक बैंकलाई अस्ट्रेलियामा ऐतिहासिक


क्यानबेरा ।
जरिवाना सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन उल्लङ्घन गरेको भन्दै अस्ट्रेलियामा एक बैंकलाई इतिहासकै सर्वाधिक जरिवाना तिराइने भएको छ । बीबीसीका अनुसार अस्ट्रेलियाको वेस्टप्याक बैंकलाई १ अर्ब ३० करोड अस्ट्रेलियन डलर जरिवाना तिराइनलागिएको हो ।

गत वर्ष अस्ट्रेलियाको वित्तीय अपराध हेर्ने विज्ञ समूहले १ करोड ९० लाखभन्दा धेरै अन्तर्राष्ट्रिय कारोबारको पर्याप्त रिपोर्ट बुझाउन नसकेको बताएको थियो । अधिकारीहरुका अनुसार केही भुक्तानी कारोबारहरु बाल यौनशोषणसँग सम्बन्धित रहेको पाइएको छ । वेस्टप्याक बैंक अस्ट्रेलियाकै दोस्रो ठूलो लेन्डर (रकम दाता) हो । उसले यस प्रकरणमा माफी मागेको बताइएको छ । त्यस्तै सम्पत्ति शुद्धीकरण कानुन उल्लङ्घन र प्रतिआतंकवाद वित्त कानुन उल्लङ्घनमा जोडिएको यो दोस्रो ठूलो बैंक हो ।

यदि अदालतले उक्त जरिवाना प्रमाणीकरण गरे अस्ट्रेलियाको व्यावसायिक इतिहासकै ठूलो जरिवाना हुनेछ । यद्यपि जरिवाना अझै ठूलो हुनसक्ने बताइएको छ । द अस्ट्रेलियन ट्रान्ज्याक्सन रिपोर्ट्स एन्ड एनालाइसिस सेन्टर (अस्ट्र्याक)ले २ करोड ३० लाखभन्दा धेरै कारोबारले कानुन उल्लङ्घन गरेको बताएको छ । तीमध्ये प्रत्येक कारोबारको अधिकतम जरिवाना २ करोड १० लाख अस्ट्रेलियन डलर हुने बताइएको छ ।

बाल यौनशोषण गर्ने फिलिपिन्सका शंकास्पद व्यक्तिसँग पनि ट्रान्ज्याक्सन भएको पाइएपछि बैंक झमेलामा तानिएको थियो । गत वर्ष बैंकका प्रमुख कार्यकारीले कानुनी झमेलामा बैंक तानिएपछि राजीनामा समेत दिनुपरेको थियो । गत वर्ष नै बैंक आफैँले कानुन उल्लंघन भएको स्वीकारेको थियो । त्यसपछि सेयरसदस्यको अनुसन्धानको बाटो खोलिदिएको थियो ।

बैंकले बिहीबार आफूहरु अस्ट्र्याकले अदालत लगेको मुद्दा सल्टाउन सहमत भएको बताएको छ । अधिकांश अन्तर्राष्ट्रिय कारोबारको जानकारी नियामक निकायलाई गराउन असफल रहेको सम्बन्धी धेरै मुद्दा रहेको छ । यी कारोबार सन् २०१३ देखि सन् २०१९ सम्मको र ११ अर्ब अस्ट्रेलियन डलरभन्दा बढीको रहेका छन् । विश्वका चर्चित बैंकहरु समेत सम्पत्ति शुद्धीकरणमा जोडिने गरेका छन् ।

एचएसबीसी, डान्स्के र राबोबैंक यसअघि नै उच्च किसिमका स्क्यान्डलमा तानिइसकेका छन् । अस्ट्रेलियामै वेस्टप्याकको प्रतिस्पर्धी कमनवेल्थ बैंकले सन् २०१८ मा यस्तै किसिमको कानुन उल्लङ्घनमा ७० करोड अस्ट्रेलियन डलर तिरेको थियो । ५३ हजार शंकास्पद कारोबारमा उसलाई यो जरिवाना तिराइएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया