Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व बैंक र आईएमएफलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

विश्व बैंक र आईएमएफलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह


न्युयोक ।
संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफलाई कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई आर्थिक र अन्य सहयोग गर्न आग्रह गरेका छन् । उनले कोरोना भाइरसका कारण समस्यामा परेका विश्वका विभिन्न देशहरुलाई सुविधा र सहयोग उपलब्ध गराउन ती संस्थालाई आग्रह गरेका हुन् । सुरक्षा परिषदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले सो धारणा राखेको समाचारमा जनाइएको छ ।

‘हामी चाहन्छौँ कि विश्व बैंक र मुद्रा कोषजस्ता संस्थाहरुले कोरोना भाइरसको प्रकोपमा परेका देशहरुलाई आवश्यक सहयोग होस् र ती संस्थाहरुले उपलब्ध गराउने सेवा र सुविधाहरुमा संयुक्त राष्ट्रघका सदस्य राष्ट्रहरुको पनि पहुँच होस्’, उनले भनेका थिए ।

कोरोना भाइरसको महामारीले विश्वका देशहरुमा आर्थिक समस्या पारेको तथा यसका कारणले विश्वका देशहरु विभिन्न आर्थिक जोखिमको अवस्थामा रहेका भन्दै यस्ता देशलाई सहयोग गर्न महासचिव गुटर्रेसले आग्रह गरेका हुन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफले विश्वमा कोरोना भाइरसको प्रकोपका कारण ठूलो आर्थिक मन्दी आउने र ठूला आर्थिक देशहरुमा पनि यसको समस्या देखा पर्ने बताउँदै आएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया