Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पललाई जरिवानासम्बन्धी अदालती आदेशविरुद्ध अपिल गर्दै युरोपेली आयोग

एप्पललाई जरिवानासम्बन्धी अदालती आदेशविरुद्ध अपिल गर्दै युरोपेली आयोग


ब्रसेल्स ।
युरोपेली आयोगले एप्पलले १३ अर्ब युरो जरिवाना तिर्नु नपर्ने अदालतको आदेशविरुद्ध अपिल गर्ने भएको छ । करसम्बन्धी उक्त रकम आयरल्यान्डलाई तिर्नु नपर्ने आदेशविरुद्ध अपिल गर्न लागेको हो । ईयूको जनरल कोर्टले जुलाईमा कर रकममा एप्पलले कुनै पनि कानुन उल्लङ्घन नगरेको भन्दै उन्मुक्ति दिएपछि आयोग आक्रोशित भएको छ ।

आयरल्यान्डले यो प्रकरणमा मुद्दामामिला नगरे पनि युरोपेली आयोग आफैँलै एप्पलविरुद्ध मुद्दा अघि बढाएको थियो । एप्पलले करमा झेल गर्दा ईयूको राजस्व घटेको भन्दै आयोगले मुद्दा चलाएको थियो । ईयूले एप्पलले लागेको कर तिर्नुपर्ने बताउँदै आएको छ । सन् २०१६ मा अदालतले डब्लिनले नै एप्पललाई अवैधानिक करमा छुट दिएको बताएको थियो तर जुलाईमा भने उक्त निर्णय फिर्ता लिएको थियो ।

आयरल्यान्डले नै एप्पललाई करमा छुट सुविधा उपलब्ध गराएको दाबी गर्दै आयोगले सोही कारण ईयूको राजस्वमा असर गरेको बताएको छ । तर आयरल्यान्डले भने एप्पलले आफ्नो देशको कानुन परिपालना गरेको बताएको छ । आयोगले आफ्नो सदस्य राष्ट्रले कम्पनीविशेषलाई यसरी छुट सुविधा दिँदा अन्य कम्पनीमाथि अन्याय हुने बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया