जरैदेखि नेतृत्वसम्मको सुधार माग गर्दै इराकमा सडक आन्दोलन जारी
नासिरिया, पुस ११
इराकका सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको चयनमा ढिलाइ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाएका छन् । प्रदर्शनकारीले नासिरिया, बस्रा र दिवानियाका सडक तथा पुलहरूमा रातभर पनि यातायात अवरूद्ध पारेका छन् । तर केही भाग बिहीबार बिहान केही सडकहरूलाई अतिआवश्यक सामान ढुवानी र सेवाका लागि खुला गरिएका छन् । प्रदर्शनकारीले सडकमा टाएर र काठका मूढाहरू सल्काएर यातायात सेवालाई प्रभावित पारेका बताइएको छ ।
इराकमा सन् २००३ मा सद्दाम हुसेनलाई पदच्युत गरेपछि निकै कमजोर बनेको कुर्दिस समूहले भ्रष्टाचार, बेथिति र अस्थिरताको फाइदा लिन थालेको पनि विश्लेषक अदेल बाकावानले बताए । प्रधानमन्त्रीको चयनमा देखिएको अनिश्चितता कुर्दिसहरूलाई शक्ति आर्जनको सहज पाटो बनेको उनको विश्लेषण रहेको छ । इराकमा नयाँ प्रधानमन्त्रीको नेतृत्व चयनमा जति ढिलाइ हुन्छ यसले त्यहाँको सिया समुदाय र अमेरिकाविरोधी जनमत सिर्जना गर्ने विश्लेषकहरूले बताएका छन् ।
प्रधानमन्त्री मेहदीले केही हप्ता पहिले पदबाट राजीनामा दिने घोषणा गरेपछि नेताहरूबीच नेतृत्वको आकांक्षा लिएर अमेरिका, इरान, लेबनानी हेजबुल्लाह समूहलगायतका शक्ति केन्द्रको विश्वास जित्न नेताहरूबीच होडबाजी चलेको थियो । तर नेतृत्वको बहस सहज भने देखिएको छैन । अधिकारवादी समूहका एक सदस्य सतार जब्बरले भने, ‘सरकार भ्रष्ट दलहरू र विभाजनकारी शक्तिको फन्दामा परेको छ जसका कारण नयाँ नेतृत्व चयनमा कठिनाई भइरहेको छ ।’
इराकी राजनीतिज्ञ तथा तिनीहरूका क्षेत्रीय सहयोगी दलहरूले नयाँ प्रधानमन्त्रीको चयनका लागि बग्दादमा बहस भइरहेको छ । इस्लामिक सहरहरूमा करिब दुई महिना लामो भ्रष्टाचारविरोधी आन्दोलन पछि प्रधानमन्त्री अदेल अब्देल मेहदीले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको चयनका लागि डिसेम्बरको सुरूदेखि बहस सुरू भएको थियोे ।
प्रदर्शनकारीले इराकमा जरैदेखि नेतृत्वसम्मको सुधारको माग गर्दै देशको दक्षिणी क्षेत्रमा बाहुल्यता भएको सिया समुदायले प्रदर्शनको नेतृत्व लिएको थियो । इराकमा लामो समयपछि मूल्य वृद्धि, भ्रष्टाचार नियन्त्रण र सरकार परिवर्तनलगायतका मुद्दामा नागरिकको ठूलो सहभागिता भएको हो ।
अक्टोबरमा सुरू भएको र सत्ताधारी उच्च नेतृत्वका लागि चुनौती बनेको आन्दोलनका क्रममा देशभर करिब ५०० जनाको मृत्यु भएको छ भने २० हजारभन्दा बढी घाइते भएका छन् । मृत्यु र घाइते हुनेमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी सिया समुदायका नागरिक परेका छन् भने केही प्रहरी र पूरानो सत्ता पक्षधर मानिसहरू पनि रहेका छन् ।
प्रदर्शनले निकै हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री मेहदीले औपचारिक राजीनामा दिएका थिए । नयाँ नेतृत्वका लागि इराकका सिया समूहका प्रमुख दुई सहयोगी दल ‘इरानियन रिभोलुसनरी गाड्र्स’का कमाण्डर मेजर जनरल कसीम सोलेमनी र लेबनानी सत्तापक्षका मध्यस्थताकर्ता मोहम्मद काथारानीले इराकी नेताहरूलाई भेटी प्रधानमन्त्रीको उम्मदवारीबारे सुझाव दिएका उच्च राजनीतिक स्रोतले एएफपीलाई बतायो ।
इरानी नेता सोलेमनीको उपस्थितिपछि इराकको राजनीतिलाई वर्वादीतर्फ धकेल्न इरानले हस्तक्षेप थालेको अमेरिकाको आरोप छ । तर इराकमा सिया तथा उत्तरमा प्रभाब जमाएको कुर्दिस अधिकारी साथै इराकका सहयोगी अमेरिका र इरानको चित्त बुझाएर नेतृत्व चयनका लागि हम्मेहम्मे परेको छ । (रासस/एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया