रूसले बनायो आफ्नै इन्टरनेट, परीक्षण सफल
मस्को, पुस ११
रुसले विश्वले प्रयोग गरिरहेको इन्टरनेट छोडेर आफैँले नयाँ इन्टरनेट निर्माण गरेको छ । रुस सरकारले उक्त इन्टरनेटको सफल परीक्षण समेत भएको बताएको छ । बीबीसीका अनुसार सफल परीक्षणबारे विस्तृतमा आइसकेको छैन । तर रुसको सञ्चार मन्त्रालयले भने नयाँ इन्टरनेटमा प्रयोगकर्ताले कुनै परिवर्तन महसुस नगरेको बताएको छ ।
परीक्षण परिणाम राष्ट्रपति भ्लादिमिर पुटिनलाई बुझाउने बताइएको छ । यद्यपि विश्लेषकहरुले भने यसप्रति ध्यानाकर्षण जनाएका छन् । युनिभर्सिटी अफ सर्भेका कम्प्युटर वैज्ञानिक प्रोफेसर एलन वुडवार्डले रुसको पछिल्लो कदम चिन्ताजनक भएको बताए । निरंकुश देशहरुले नागरिकहरुलाई नियन्त्रण गर्न बढी जोड दिइरहेको बताए ।
विशेष गरी यसले नागरिकको पहुँच नियन्त्रण गर्न सरकारलाई सहयोग हुने उनको भनाइ छ । अब रुसले आफ्नो मात्रै इन्टरनेट सञ्चालन गर्न वैकल्पिक प्रणाली बनाउनुपर्ने हुन्छ । इरानमा राष्ट्रिय सूचना सञ्जालले विदेशी वेबसाइटलाई नियन्त्रण गर्छ र सीमित बाहिरी सूचना मात्रै नागरिकसम्म पुग्न दिन्छ । त्यस्तै चीनमा पनि ग्रेट फायरवेलले विदेशी इन्टरनेट सर्भिसलाई नियन्त्रण गर्छ । यसप्रकारको प्रविधिमा रुस निकै अगाडि बढिसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया