Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कुल संक्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

भारतमा कुल संक्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो


नयाँदिल्ली ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार एक सय ३१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कुल संक्रमितमध्ये ५७ लाख ४४ हजार छ सय ९३ जना संक्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार पाँच सय ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तीमध्ये नौ सय ८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ । (रासस/पीटीआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया