१९ वर्षदेखि निरन्तर नाफामा रहेको भारतको यो बैंक
नयाँ दिल्ली, पुस १३
भारतको एउटा ग्रामीण बैंक विगत १९ वर्षदेखि निरन्तर मुनाफामा रहेको पाइएको छ । त्रिपुरा ग्रामीण बैंक (टीजीबी)ले यस्तो सफलता पाएको नवभारत टाइम्सले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा बैंकले ४४ करोडको खुद मुनाफा आर्जन गरेको छ । योसँगै बैंकले आव २०१९/०२० मा कुल १० हजार करोड भारुको व्यापार पार गर्ने अनुमान गरिएको छ । उक्त बैंकका एक अधिकारीका अनुसार भारतको ४५ क्षेत्रीय ग्रामीण बैंक (आरआरबी)मा टीजीबीले १९ वर्षदेखि मुनाफा कमाउन सफल देखिएको हो । यसका अध्यक्ष महेन्द्र मोहन गोस्वामी हु । सन् २००१/००२ देखि नै मुनाफा लिन सफल भएको छ । यो भारतको ४५ आरआरबीका बीच आफ्नै किसिमको बैंक हो ।
बैंकले चालू आर्थिक वर्षको अप्रिल–सेप्टेम्बर अवधिमा ४४ करोड ४३ लाख मुनाफा आर्जन गरेको छ । गत आवको सोही समयमा बैंकले ११ करोड ३६ लाख मात्रै आर्जन गरेको थियो । भारतमा ५६ आरआरबी रहेकामा कतिपय बैंकहरु मर्जरमा गइसकेका छन् । गत वर्ष बैंकले १ अर्ब २५ करोडको खुद मुनाफा कमाएको थियो । सन् १९७६ मा अस्तित्वमा आएको यो बैंकको गत वर्षको मुनाफा अहिलेसम्मकै धेरै हो । बैंकले उक्त वर्ष ९० अर्ब भारुको कारोबार पनि पार गरेको थियो ।
हाल यो बैंकमा १२ वटा साना शाखासहित कुल १ सय ६० शाखाहरु रहेका छन् । बैंकको चुक्ता पुँजीमा ८.९४ प्रतिशतले वृद्धि भएको छ । त्यसयता ३० सेप्टेम्बरसम्म बैंकको लाभ ६६ अर्ब १७ करोड भारुसम्म पुगेको छ । पछिल्लो वर्षको सोही अवधिसम्म ६० अर्ब ७३ करोड भारु थियो । भारतमा बीजेपी शासनको २० महिनामा यो बैंकमा राष्ट्रियकृत बैंकको क्रेडिट डिपोजिट अनुपात १८ प्रतिशतले बढेर ६६ प्रतिशत पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया