Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना संकटमा भारतमा अनलाइन किनबेच ५१ प्रतिशतले बढ्यो

कोरोना संकटमा भारतमा अनलाइन किनबेच ५१ प्रतिशतले बढ्यो


नयाँ दिल्ली ।
चाडपर्व सुरु हुँदै गर्दा विश्व महामारी कोरोना संक्रमणमा मौलाएको अनलाइन किनबेचल तीव्रता पाएको छ । हिन्दू धर्मावलम्बीको बाहुल्य रहेको देश भारतमा चाडपर्व नजिकिँदै गर्दा अनलाइन शपिङमा ५१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१९ मा यस्तो ग्राहक केवल २७ प्रतित रहेका थिए । जसले अनलाइन शपिङलाई प्राथमिकतामा राखेका थिए ।

तर अहिले कोरोना संकटका कारण अनलाइन खरिदबिक्री मौलाएको छ । यो समयमा लोकल सर्कल्सले गरेको सर्वेक्षणमा यो तथ्यांक देखिएको हो । मानिसहरुले इकमर्स साइट वा यही किसिमका एप्लिकेसनबाट अनलाइन खरिदबिक्री गरेका हुन् । यसबाहेक लघु, मझौला वा कुटीर उद्योगबाट खरिदबिक्रीको कुरा गर्दा ८० प्रतिशत मानिसले हो जवाफ दिएका छन् भने १० प्रतिशतले होइन जवाफ दिएका छन् । यो सर्वेक्षणमा ३ सय ३० भन्दा धेरै जिल्लाका मानिस समावेश थिए ।

यसैबीच, नेपालको दशैँ अर्थात् भारतको दशहरा पर्वलाई मध्यनजर गर्दै फ्लिपकार्टले बिग बिलियन डेज सेल १६ अक्टोबरदेखि २१ अक्टोबरसम्म सुरु गर्ने भएको छ । १७ अक्टोबरदेखि अमेजन ग्रेट इन्डिया सेलको पनि सुरुवात हुँदै छ । जुन एक महिनासम्म चल्नेछ । कोरोनाका कारण इकमर्सको व्यापारमा पछिल्लो समय तीव्रता आएको छ । पछिल्लो दिनको एक रिपोर्टका अनुसार यी सेलहरुमा प्रिमियम सामानमा ५० प्रतिशतसम्म छुट मिल्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया