Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा सेप्टेम्बरमा सवारीसाधन बिक्रीमा २६ प्रतिशतले वृद्धि

भारतमा सेप्टेम्बरमा सवारीसाधन बिक्रीमा २६ प्रतिशतले वृद्धि


नयाँ दिल्ली  ।
भारतमा यात्रुवाहक सवारी साधनको बिक्रीमा सेप्टेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रबार जानकारी गराएको छ । उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले दुई लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा दुई लाख १५ हजार १२४ थान विक्री भएको थियो ।

एसआइएमको तथ्यांकमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।

यसैबीच भारतमा सेप्टेम्बरमा तीन पांग्रे सवारी साधनको विक्रीमा अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको र दुई पांग्रे साधनको विक्री ११.६४ प्रतिशतले बढेको छ । एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पांग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया