Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा कोभिड–१९ संक्रमितमध्ये ७८.०५ प्रतिशत संक्रमणमुक्त

बंगलादेशमा कोभिड–१९ संक्रमितमध्ये ७८.०५ प्रतिशत संक्रमणमुक्त


ढाका  ।
बंगलादेशमा कोभिड–१९ संक्रमितमध्ये ७८.०५ व्यक्ति संक्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । मुस्लिम बहुल यो मुलुकमा संक्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ । महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा एक हजार २०९ थप व्यक्ति कोभिड–१९ संक्रमित भएका छन् भने २३ जना संक्रमितको मृत्यु भएको छ ।

शनिबारसम्म कुल तीन लाख ८७ हजार २९५ संक्रमित भएका छन् भने पाँच हजार ६४६ संक्रमित व्यक्तिको मृत्यु भएको छ । सरकारी तथ्यांकअनुसार बंगलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । बंगलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति संक्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया