Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसहमति कार्यान्वयनबारे भारत र श्रीलंकाबीच छलफल

सहमति कार्यान्वयनबारे भारत र श्रीलंकाबीच छलफल


नयाँ दिल्ली ।
भारत र श्रीलंका बीचमा विगतमा भएका सहमति कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलंकाका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलंकाका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमति कार्यान्वयनका बारेमा कुराकानी गरेका हुन् ।

उनीहरुका बीचमा विषेश गरेर गत महिना दुई देशका प्रधानमन्त्रीका बीचमा भएको भर्चुअल बैठकमा भएको सहमतिका विषयमा छलफल भएको थियो । ‘श्रीलंका लागि भारतीय उच्च आयुक्तले श्रीलंकाका विदेश मन्त्रीलाई आज भेट्नु भएको छ, उहाँहरु बीचको छलफल उपलब्धीमुलक भएको छ’, भारतीय उच्च आयुक्तको आधिकारीक ट्वीटर हेन्डलमा शनिबार लेखिएको छ ।

भारतीय उच्च आयुक्तले यसअघि गत बिहीबार श्रीलंकाका ऊर्जामन्त्री उदय गम्मान्पीलासँग ऊर्जा सुरक्षा प्रवर्द्धनका बारेमा छलफल गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षका बीचमा गत महिना भर्चुअल शिखर बैठक भएको थियो । बैठकमा एक अर्काका बीचमा सहयोग आदान प्रदान, सहकार्य र आपसी सम्वन्ध सुधार लगायतका विषयमा सहमति भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया