Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्रिटिश एयरवेजलाई २ करोड पाउन्ड जरिवाना

ब्रिटिश एयरवेजलाई २ करोड पाउन्ड जरिवाना


लन्डन ।
ब्रिटिह एयरवेज कम्पनीलाई सूचना आयोगको कार्यालय (आईसीओ)ले २ करोड पाउन्ड स्टर्लिङ जरिवाना गराएको छ । कम्पनीले ४ लाखभन्दा धेरै ग्राहकको तथ्यांक चुहावट गरेको ठहर गर्दै आईसीओले उक्त रकम जरिवाना तिराएको बीबीसीले जनाएको छ ।

सन् २०१८ को घटनामा ब्रिटिश एयरवेज दोषी ठहरिएको हो । सो क्रममा ग्राहकको व्यक्तिगत र क्रेडिट कार्डको जानकारी चुहावट भएको थियो । उक्त रकम सामान्य भएको बताइएको छ । सन् २०१९ मा सोही आयोगले १८ करोड ३० लाख पाउन्ड जरिवाना तिराउन चाहेको बताएको थियो । तर अहिले कोभिड १९ महामारीले नराम्ररी आर्थिक प्रभाव परेको कारण जरिवानामा पुनर्विचार गरिएको हो ।

यसका बाबजुद आईसीओले हालसम्म गरेको जरिवाना रकममध्ये यो नै सबैभन्दा ठूलो हो । उक्त घटनामा ब्रिटिश एयरवेजको सिस्टममा ह्याकरले आक्रमण गरेका थिए । उक्त आक्रमणअघि नै एउटा सेक्युरिटी रिसर्चरले ब्रिटिश एयरवेजलाई सिस्टम असुरक्षित रहेको चेतावनी दिएका थिए । ती रिसर्चरले पछि आईसीओलाई पनि यसबारे जानकारी दिएका थिए ।

ग्राहकको लगइन, पेमेन्ट कार्ड र ट्राभल बुकका विस्तृत विवरणसँगै नाम र ठेगाना पनि सार्वजनिक चुहावट भएको थियो । घटनाको अनुसन्धानको क्रममा सिस्टम सुरक्षित राख्न कम्पनीले आवश्यक पहल नगरेको पाइएको थियो । ब्रिटिश एयरवेजले मल्टिफ्याक्टर अथेन्टिकेसनलगायतका सुरक्षात्मक उपाय अवलम्बन नगरेको फेला परेको थियो । आईसीओले माइक्रोसफ्टको अपरेटिङ सिस्टम चलाइरहेको बीएले उपलब्ध उपाय समेत उपयोग नगरेको जनाएको छ । यद्यपि कम्पनीले भने ग्राहकलाई सचेत गराइएको दाबी गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया