Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ

ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ


लन्डन ।
युरोपेली संघ (ईयू)सँग ब्रेक्जिट पछिको व्यापार सम्झौतामा पुग्न चाहेको बेलायत सरकारले आइतबार बताएको छ । बेलायतले सम्झौताको लागि गत हप्तासम्मका लागि ईयू शिखर सम्मेलनको म्याद थपेको थियो । तर प्रधानमन्त्री बोरिस जोनसनले ईयूले राखेका शर्तमा नै सम्झौता गर्न बेलायत तयार नभएको बरु सम्झौताहीन अवस्थामा ब्रेक्जिटका लागि तयार हुने बताएका थिए ।

यद्यपि वरिष्ठ मन्त्री माइकल गोभले आइतबार आफू अझै पनि ईयूसँग व्यापार सम्झौताका लागि आशावादी रहेको बताए । उनले बेलायती एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सम्झौताका लागि ढोका ‘खुला’ रहन्छ तर यसका लागि ईयूले आफ्नो अडान बदल्नुपर्ने बताए ।

दुवै पक्ष निष्पक्ष प्रतिस्पर्धाका नियमहरूमा असहमत छन्, यी नियमहरू कसरी लागू हुन्छन् र युरोपेली युनियन सदस्य राष्ट्रले बेलायतको पानीमा माछा मार्ने कति पहुँच पाउँछन् भन्ने विषयले सम्झौता हुने वा नहुने कुराको निर्धारण गर्ने देखिएको छ । बेलायतले आफ्नो पानीमाथि सार्वभौमिकता पुनःस्थापित गर्न चाहन्छ र यस सम्झौतामा बेलायतले ईयू–क्यानडाबीच भएको जस्तो साधारण व्यापार सम्झौता चाहन्छ । ईयूले बेलायतको अवस्था क्यानाडाभन्दा बिल्कुलै फरक रहेको बताउँदै आएको छ ।

गोभले स्काई न्यूजसँग भने, ‘म सम्झौताको पक्षमा छु र एउटा निष्कर्षमा पुग्न चाहन्छु तर त्यसो हुनको लागि दुवै पक्षले केही छोड्न र मध्यमबाटो अवलम्वन गर्न आवश्यक छ । ईयूले अहिले त्यस्तो गरिरहेको छैन ।’ सम्झौतामा पुग्न उनीहरू (ईयू–सदस्य राष्ट्रहरू) गम्भीर नबनेको उनको आरोप छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया