वेइजिड. ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तिब्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद गर्न र सवारी साधन किन्न थालेका छन् । तर विश्व अर्थतन्त्रका धुरीका रुपमा रहेका संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरु पीडादायी संकुचनबाट गुज्रिरहेका छन् ।
सोमबार सार्वजनिक सरकारी विवरणमा गत सेप्टेम्बरमा समाप्त भएको यस वर्षका पछिल्ला तीन महिनामा अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार भएको उल्लेख छ । खुद्रा उपभोग्य सामानको बिक्री बढेको छ भने काराखानाको उत्पादनमा वृद्धि भएको छ । मास्क र अरु मेडिकल सामग्रीको निर्यात बढेका कारण चीनमा रोजगारी र उत्पादन दुवैमा सुधार आएको छ ।
क्यापिटल इकनमिक्सका जुलियन इभान्स–प्रिचर्डले एक रिपोर्टमा बताएअनुसार चिनियाँ अर्थतन्त्रको पुनरुत्थान जारी रहेको र सरकारी अनुदानको निर्भरता कम भएको छ । अर्थतन्त्रको वृद्धि अहिले पनि निरन्तर भइरहेको उनले बताए । चीनमा गत डिसेम्बरमा कोरोना महामारीको थालनी भए पनि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले गत मार्चमा यस रोगको नियन्त्रण भइसकेको घोषणा गरेको थियो । उक्त घोषणासँगै विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक चीनले कारखाना, पसल र कार्यालय खोल्ने पहिलो मुलुक बन्यो ।
विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकमध्ये चीनको मात्र आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष संयुक्तराज्य अमेरिका, युरोप र जापानको आर्थिक कृयाकलाप संकुचित हुँदै छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले भने यस वर्ष चीनको आर्थिक वृद्धि १.८ प्रतिशत हुने भविष्यवाणी गरिरहेको छ जबकि अमेरिकी अर्थव्यवस्था ४.३ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ । कोषले फ्रान्सको ९.८ प्रतिशत, जर्मनीको ६ र जापानको ५.३ प्रतिशतले अर्थतन्त्र संकुचित हुने पूर्वानुमान गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया