Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा टिकटक प्रतिबन्धात्मक व्यवस्था फेरि खुकुलो

पाकिस्तानमा टिकटक प्रतिबन्धात्मक व्यवस्था फेरि खुकुलो


इस्लामावाद ।
छोटो भिडियो सेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ । पूर्ण रुपमा प्रतिवन्ध लगाइको दश दिनपछि केही प्रतिबन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो ।

पाकिस्तानका सरकारी अधिकारीहरुले सोमवारदेखि पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन् । पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । मुस्लिम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मुल्य मान्यताको उल्लंघन भएको र मुस्लिम संस्कृतिमा नसुहाउने गतिविधिहरु टिकटकमार्फत भएको भन्दै प्राधिकरणमा उजुरी पनि परेको प्राधिकरणले जनाएको थियो ।

प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव तथा दवावका कारण पाकिस्तान सरकारले यही अक्टोबर ९ तारिखदेखि पाकिस्तानमा टिकटक प्रतिबन्ध लगाएको थियो । तर अहिले भने सांस्कृतिक रुपमा असर नपार्ने र उच्छृंखल नहुने किसिमका भिडियोहरु भने सेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयका बारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिवन्धात्मक व्यवस्था सहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको समाचारमा जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया