भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

मस्को ।
कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ । रुसको प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले एक विज्ञप्ति प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को शुरुदेखि नै प्रारम्भ हुनेछ । यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोपहरु ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् ।
रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपहरुको तुलनामा निकै सस्तो रहेको बताइएको छ । रसियाले गत अगस्टमै कोरोनाभाइरसविरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर ठूलो स्तरको क्लिनिकल परीक्षण बेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो ।
हाल स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रुपमा सहभागिता जनाएका छन् । तेस्रो चरणको परीक्षण पूर्व सोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएला समेतका मुलुकमा जारी छ । भारतबाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ । आरडीआईएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गरे । (रासस–एएफपी)
ताजा अपडेट
- चालू आवको छ महिनामा विराटनगरको राजस्वमा वृद्धि
- सरकारको वित्त १२ अर्ब ७२ करोड रुपैयाँले घाटामा
- छ महिनामा ८६ प्रतिशत होला विकास खर्च ?
- भारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा अनुमति
- प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ
- सवारी कर पनि ‘नागरिक एप्स’बाट संकलनको तयारी
- सर्वाेच्च संस्थाप्रतिको सम्मानमा प्रश्न नउठोस्
- ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोग
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- निःशुल्क स्वास्थ्य शिविर
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
तपाईको प्रतिक्रिया