Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरानी परमाणु वैज्ञानिकको हत्या

इरानी परमाणु वैज्ञानिकको हत्या


तेहरान ।
रानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै राष्ट्रपतिले आफ्नो देशका पारमाणविक कार्यक्रमलाई कमजोर र सुस्त नबनाइने बताएका छन् । राष्ट्रपति हसन रौहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनीसमेत दिए । इरानको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने प्रमुख व्यक्ति फख्रिजादेह नै भएको बताउँदै आएको इजरायलले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

परमाणु वैज्ञानिक फख्रिजादेहको हत्यासँगै इरानको पारमाणविक कार्यक्रमलाई लिएर अमेरिका र उसका साझेदार मुलुकहरूसँग तनाव बढ्ने चिन्ता व्यक्त हुन थालेको छ । राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले यसअघि पुष्टि गरेको थियो । दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । इरानका विदेशमन्त्री जवाद जारिफले ‘कुनै राज्यद्वारा गरिएको आतंकवादी काम’ भन्दै हत्याको निन्दा गरेका छन् ।

इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै प्रर्वद्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठ वैज्ञानिकको हत्या भएको हो । गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धिधधत युरेनियम महत्वपूर्ण मानिए पनि इरानले यसलाई आफ्ना विरोधी मुलुकलाई लक्षित गर्नसक्ने आशंकासहित यूरेनियम प्रवद्र्धनलाई रोक्न अमेरिका लगायतका विश्वशक्ति राष्ट्रले इरानमाथि दवाव दिँदै आएका छन् ।

संयम अपनाउन संयुक्त राष्ट्रंघको आग्रह : यसैबीच, संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुनसक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो । संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेका हुन् ।

महासचिव गुटर्रेसका प्रवक्ता फराह हकले बिहीबार प्रकाशन गरेका विज्ञप्तिमा सो आग्रह गरिएको छ । उपप्रवक्ता हकद्वारा प्रकाशन गरिएको सो विज्ञप्ति भनिएको छ, हामीलाई लाग्छ सो क्षेत्रमा अब कुनै पनि किसीमको हत्या हिंसाको अवस्था आउन भएन, त्यसका लागि अहिले नै संयमता अपनाउनु जरुरी छ । शुक्रबार इरानका एक जना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको छ । इरानका वरिष्ठ आणविक वैज्ञानिक मोसेन फाहरिजादेहको् हत्या भएको थियो । इरानको रक्षा मन्त्रालयले सो हत्याको विषयमा पुष्टि गरेको छ । सो मन्त्रालयले शुक्रबार आफ्ना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको जानकारी दिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया