Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियडाइसनले नयाँ प्रविधिमा साढे तीन अर्ब डलर खर्चिने

डाइसनले नयाँ प्रविधिमा साढे तीन अर्ब डलर खर्चिने


लन्डन ।
डाइसनले नयाँ प्रविधि र उत्पादनहरुमा आगामी पाँच वर्षमा साढे तीन अर्ब डलरभन्दा बढी खर्च गर्ने भएको छ । यो थप रकम हो । यो लगानीले कम्पनीलाई आफूले बेच्ने उत्पादन दोब्बर बनाउने क्षमता मिल्नेछ भने नयाँ क्षेत्रमा विस्तारित हुन सघाउ पुग्नेछ । उक्त लगानी सिंगापुर, बेलायत, फिलिपिन्स र उदाउँदा प्रविधिमा केन्द्रित हुनेछ । सन् २०१९ मै कम्पनीले सिंगापुरमा आफ्नो मुख्यालय स्थापना गर्ने घोषणा गरेको थियो ।

डाइसन भ्याकुम क्लिनर उत्पादनका लागि प्रसिद्ध कम्पनी होा । यसले हावा शुद्धीकरण तथा कपाल सुकाउने (हेयर ड्रायर) मेसिन पनि उत्पादन गर्छ । नयाँ लगानी इन्जिनियर र वैज्ञानिकहरुमा खर्च हुनेछ । यसको मतलब सफ्टवेयर, मेसिन र रोबोटिक्सलाई कम्पनीले ध्यान दिएको छ । त्यस्तै कम्पनीले अनुसन्धानमा पनि खर्च गर्ने बताएको छ । यसमा रोबोटिक्स, नयाँ पुस्ताको मोटर प्रविधि, बौद्धिक प्रविधिजन्य उत्पादन, मेसिन र कनेक्टिभिटी पर्ने बताइएको छ ।



तपाईको प्रतिक्रिया