Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेजनले कर्मचारीलाई ५० करोड डलर बोनसमा खर्च गर्ने

अमेजनले कर्मचारीलाई ५० करोड डलर बोनसमा खर्च गर्ने


अमेरिका ।
आगामी क्रिसमसमा चर्चित अनलाइन कम्पनी अमेजनले ५० करोड डलर कर्मचारीहरुको बोनसमा खर्च गर्ने भएको छ । महामारीमा उल्लेख्य आम्दानी गरेको कम्पनीले उक्त घोषणा गरेको बीबीसीले जनााएको छ । बेलायत र अमेरिकामा काम गर्ने कर्मचारीले ३० करोड डलर बोनसमा पाउनेछन् । त्यस्तै आंशिक समय काम गर्ने यी देशका कम्पनीका कर्मचारीले प्रतिव्यक्ति १५० अमेरिकी डलर पाउनेछन् ।

५० करोड डलर डिसेम्बर १ देखि ३१ तारिखसम्म काम गर्ने कर्मचारीले पापउनेछन् । अमेजन विश्वकै धनी जेफ बेजोसको कम्पनी हो । उनले महामारीमा कर्मचारीले राम्रो काम गरेको बताए । महामारीकै दौडान बेजोसको सम्पत्ति पनि उल्लेख्य मात्रामा बढेको छ । यद्यपि कार्यशैलीको अभ्यासलाई लिएर अमेजन अनुसन्धानको घेराभित्र छ । त्यस्तै विभिन्न माग राख्दै यसका कर्मचारीले बेलाबखत आन्दोलन र विरोधका कार्यक्रम समेत गर्दै आएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया