मुम्बई, पुस १६
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा भारतको चालू खाता घाटा घटेको छ । भारतीय रिजर्व बैंक अफ इन्डियाले जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव नौ प्रतिशतले चालू खाता घटेको बताएको छ । समीक्षा अवधिमा गत वर्ष यस्तो घाटा २.९ प्रतिशत रहेको थियो । आरबीआईको तथ्यांकअनुसार चालू आवको उक्त अवधिमा शून्य दशमलव नौ प्रतिशतले घटेर ६ अर्ब ३० करोड अमेरिकी डलरमा
झरेको छ । गत वर्ष १९ अर्ब अमेरिकी डलर चालू खाता घाटा रहेको थियो । यो वर्ष पहिलो त्रैमासिकमा यस्तो घाटा जीडीपीको दुई प्रतिशत अर्थात् १४ अर्ब डलर रहेको थियो । घाटा घट्नुमा खासगरी व्यापार घाटा घट्नुलाई मुख्य कारण मानिएको छ । अहिले व्यापार घाटा ३८ अर्ब डलरको न्यून अवस्थामा रहेको छ । गत वर्ष भारतको व्यापारघाटा ५० अर्ब डलरसम्म पुगेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया