Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियदिल्लीको जाडोले तोड्यो १ सय १९ वर्षको कीर्तिमान

दिल्लीको जाडोले तोड्यो १ सय १९ वर्षको कीर्तिमान


नयाँ दिल्ली, पुस १६
दिल्लीमा बढेको चिसोले सय वर्षभन्दा बढीको कीर्तिमान तोडेको छ । भारतीय मिडियाहरुका अनुसार सोमबार सन् १९०१ पछिकै चिसो दिन रहेको हो । भारतीय मौसम विभागले सोमबार साँझ साढे ५ बजे दिल्लीको अधिकतम तापक्रम ९.४ डिग्री सेल्सियस रेकर्ड भएको जनाएको छ । यसअघि सन् १९०१ को डिसेम्बरमा ११.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । सोमबार डिसेम्बर महिनाकै चिसो दिन समेत रहनपुगेको बताइएको छ ।

लगातारको चिसोले अस्पतालमा बिरामीको संख्या समेत बढेको छ । अस्पतालमा श्वासप्रश्वासका बिरामीको संख्या बढेको बताइएको छ । भारतीय मिडियाहरुका अनुसार पहाडी क्षेत्रमा भन्दा बढी दिल्लीमा चिसो महसुस गरिएको छ । गत शनिबार पनि चिसोले धेरै वर्षअघिको रेकर्ड तोडेको थियो ।

चिसो बढेसँगै दिल्लीको मौसम विभागले रेड अलर्ट नै जारी गरेको थियो । यसैबीच, दिल्लीमा ३१ डिसेम्बरपछि वर्षात् हुनसक्ने बताइएको छ । पानी परेमा चिसो झन् बढ्नेछ । मौसम चिसिएसँगै दिल्लीमा रेल र हवाइसेवा समेत प्रभावित भएको बताइएको छ । सोमबारमात्रै ५ सय ३० वटा उडान ढिलो गरी भएको थियो भने २० वटा उडानको मार्ग परिवर्तन गर्नुपरेको थियो । अत्यधिक चिसोकै कारण दुई दर्जन बढी रेल ढिलो गरी चलेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया