चीनमा टेस्लाको पहिलो कार
बेइजिङ, पुस १६
अमेरिकी कम्पनी टेस्लाले चीनमा बनेको पहिलो कार डेलिभर गरेको छ । विद्युतीय सवारीसाधन निर्माता कम्पनीले यसलाई कोशेढुंगा पार गरेको संज्ञा दिएको छ । शांघाईनजिकै रहेको गिगाफ्याक्ट्रीमा निर्माण भएको कम्पनीको पहिलो कार फिप्टिन मोडल ३ सेडान डेलिभर गरेको हो । विश्वकै ठूलो कार बजारमा प्रभुत्व जमाउने लक्ष्यसहित कम्पनीका प्रमुख एलन मस्कले चीनमै कार कारखाना निर्माण गरेका थिए । अमेरिका र चीनबीच व्यापार युद्धको कारण कतिपय कम्पनीले चीन छोडिरहेका बेला टेस्लाले चीनमा कारखाना नै निर्माण गरेको छ ।
उक्त कारखानामा कम्पनीले अर्बौँ डलर लगानी गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई मागबमोजिम १५ वटा कार डेलिभर गरेको हो । कारखाना निर्माणको एक वर्षमै कम्पनीले कार उत्पादन थालेर व्यवसाय सुरु गरेको हो । टेस्लाको मुख्यालय भने अमेरिकाको क्यालिफोर्नियामा रहेको छ । कम्पनीले नयाँ वर्षदेखि मागबमोजिमको कार डेलिभरी गर्ने जनाएको छ । चीनमा बनेको कम्पनीको मोडल ३ को मूल्य ५० हजार अमेरिकी डलर रहेको छ ।
कम्पनीले स्थानीय कम्पनीहरु एनआईओ, सपेंग मोटर्स, बीएमडब्ल्यू, मर्सिडिज बेन्जजस्ता चर्चित विश्व कम्पनीहरुसँग समेत चीनमा प्रतिस्पर्धा गर्नुपर्नेछ । टेस्लाले चीनमा बनेका आफ्ना कार अमेरिका निर्यातको कुनै योजना बनाएको छैन । यसअघि कम्पनीले अमेरिकामा बनेका कार भने चीन निर्यात गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया