अमेरिकामा दुई लाख ४५ हजार नयाँ रोजगारी थप

वासिङटन ।
कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभावका कारण अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको यहाँको श्रम मन्त्रालयले शुक्रबार जनाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका जनाएका छन् ।
नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा करिब ०.२ प्रतिशतले कमी आएको हो । अक्टोभरमा ६.९ प्रतिशत कायम भएको बेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् । महामारीको प्रभावसँगै ठूलो संख्या अर्थात् एक करोड ७० लाख श्रमिकले बेरोजगार बनेका थिए । अमेरिकामा नोभेम्बरमा लामो समय अर्थात् २७ हप्ताभन्दा बढी बेरोजगार हुनेको संख्यामा तीन लाख ८५ हजारले वृद्धि भई कुल ३९ लाखभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
- नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल
- सेयर बजार परिसुचक २५ सय १५ अंकमा
- पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ
- सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता
- कुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नारी विशेष अफर
- एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया