Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा आन्दोलनरत किसानहरुद्वारा बन्दको घोषणा

भारतमा आन्दोलनरत किसानहरुद्वारा बन्दको घोषणा


नयाँ दिल्ली ।
भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिख अर्थात् आज देशभर बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन् । किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले केही दिनअघि नै पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिएका थिए । आफ्ना मागहरु पूरा गर्नका लागि गत शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएको भन्दै देशभर बन्द घोषणा गरिएको हो ।

किसानहरुले आज बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म ‘चक्का जाम’ घोषणा गरेका हुन् । किसानहरुको आन्दोलनलाई मध्यनजर गर्दै राज्यहरुले सुरक्षामा कडाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कृषिसम्बन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन् । हालै ल्याइएका कृषिसम्बन्धी कानुनहरु रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकहरुमा अवरोध गरिने किसान नेता हर्भिन्डर सिंह लख्वाले बताए । सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको छ ।

केही महिनाअगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेलादेखि नै असन्तुष्टि जनाउँदै आए पनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै सुरु भएको हो । अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्ने गरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ । आन्दोलन चर्किँदै गएपछि सरकारले किसानहरुसँग पटक–पटक वार्ता पनि गरेको छ । तर वार्ता परिणाममुखी हुनसकेको छैन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया