३८ वर्षमै भारतकै सबैभन्दा धनी महिला बनिन् रोशनी नाडर

नयाँ दिल्ली ।
कोरोना संकटकै बीच जुलाईमा रोशनी नाडरलाई एचसीएल टेक्नोलोजीको प्रमुख नियुक्त गरिएको थियो । हुरुन इन्डियाको एउटा सर्भेअनुसार रोशनी नाडर भारतकै सबैभन्दा धनी महिला हुन् । उनको सम्पत्ति ५ खर्ब ४८ अर्ब ५० करोड भारतीय रुपैयाँ छ । यो सूचीमा दोस्रो नम्बरमा छिन् बायोकोनकी संस्थापक तथा कम्पनीका प्रबन्धनिर्देशक किरण मजुमदार । उनको कुल सम्पत्ति ३ खर्ब ६६ अर्ब भारु छ । मुम्बईमा रहेको फार्मा कम्पनी यूएसभी प्राइभेट लिमिटेडकी लीना गान्धी तिवारी २ खर्ब १३ अर्ब ४० करोड भारुका साथ तेस्रो नम्बरमा छिन् । यो सूचीलाई कोटक वेल्थ र हुरुन इन्डियाले यो वर्षको लागि तयार गरेका हुन् ।
को हुन् रोशनी ? रोशनी ३८ वर्ष मात्र पुगेकी छिन् । उनी सन् २०१९ मा चर्चित म्यागजिन फोब्र्सको सय विश्वका शक्तिशाली महिला सूचीमा उनी ५४औँ नम्बरमा परेकी थिइन् । उनी एचसीएलका संस्थापक शिव नाडरकी एक्ली छोरी हुन् । जुलाईमा जब उनलाई कम्पनीको प्रमुख बनाइयो, उनी भारतकै कुनै पनि सूचीकृत आईटी कम्पनीको पहिलो महिला प्रमुख बनिन् ।
हुरुन इन्डिया रिच लिस्ट २०१९ मा उनी भारतकै सबैभन्दा धनी महिलामा सूचीकृत भइन् । रोशनीको स्कुलिङ वसन्त भ्याली स्कुलमा भयो । उनले नर्थवेस्टर्न युनिभर्सिटीमा बाँकी अध्ययन पूरा गरेकी थिइन् । उनले मिडिया क्षेत्रमा पनि काम गरेकी छिन् । एचसीएलमा जोडिनुअघि उनले धेरै अरु कम्पनीमा समेत काम गरेकी छिन् । आफ्ना बुबाको आग्रहमा उनले एचसीएलमा काम थालेकी थिइन् । एक वर्ष नबित्दै उनी कम्पनीको सीईओ र कार्यकारी निर्देशक बनिन् । रोशनी नाडर सन् २००९ मा २७ वर्षको उमेरमै कम्पनीको सीईओ बनेकी थिइन् । सन् २०१० मा उनले शिखर मल्होत्रासँग बिहे गरिन् । अहिले उनी एचसीएल हेल्थकेयरमा उपप्रमुख पनि हुन् । उनका दुई सन्तान छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- राजीनामा बाध्यता कि नैतिक मात्रै
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
- नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल
- सेयर बजार परिसुचक २५ सय १५ अंकमा
- पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ
- सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता
- कुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नारी विशेष अफर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया