नयाँ कानुनविरुद्ध किसानले गरे भारत बन्द

नयाँ दिल्ली ।
सरकारसँग तनाव चर्किँदै गर्दा भारतीय किसानहरु देशव्यापी बन्द र हडतालमा उत्रिएका छन् । नयाँ फार्म कानुनको विरोध गर्दै आएका उनीहरुले सरकारसँगको तीनवटा वार्ता असफल भएपछि मंगलबार भारत बन्द गरेका हुन् । किसानहरुले नयाँ कानुन किसानविरोधी भएको आरोप लगाउँदै आएका छन् । बुधबार पुनः अर्को चरणको वार्ता हुँदै छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले किसानहरुको विरोधस्थलमा गएपछि आफूलाई घरमै नजरबन्द गरिएको बताएका छन् ।
‘कसैलाई पनि घर बाहिर जान वा घर जान दिइएको छैन’, केजरिवालको आम आदमी पार्टीले एक वक्तव्यमा भनेको छ । तर दिल्ली प्रहरीले भने तनाव नहोस् भनेर सुरक्षा सतर्कता बढाइएको भन्दै त्यसको खण्डन गरेको बताइएको छ । कम्तीमा पनि १५ विपक्षी दलहरुले किसानको भारत बन्दमा ऐक्यबद्धता जनाएका छन् । दशौँ हजार भारतीय किसानले विगत १२ दिनयता दिल्ली छिर्ने नाकाबन्द गर्दै आएका छन् ।
तर केन्द्रीय सत्ता सम्हालेको भारतीय जनता पार्टीले भने फार्मिङमा निजी क्षेत्रलाई ठूलो भूमिका प्रदान गर्ने नयाँ कानुनले किसानको आयमा कुनै चोट नपु¥याउने दाबी गर्दै आएको छ । किसानहरु यसलाई मानिरहेका छैनन् । बितेका हप्तामा दिल्लीमा किसानहरुले विरोध प्रदर्शन चर्काइरहेका छन् । प्रहरीले उनीहरुलाई केन्द्रीय राजधानी छिर्न दिएको छैन ।
विरोध प्रदर्शन गर्ने अधिकांश किसान पन्जाब र हरियाणा राज्यका छन् । दुई राज्य कृषिका लागि विशेष महत्वका छन् । किसानहरुले नयाँ कानुन फिर्ता गर्न दबाब दिइरहेका छन् । क्याम्प बनाएर उनीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । कोरोना महामारीले चपेटामा पारेको बेला भारतीय किसानहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
भारतमा कोरोना संक्रमण घटिरहे पनि दिल्लीमा संक्रमित संख्या उच्च दरमा बढिरहेको छ । फर्मसम्बन्धी प्रस्तावित कानुनको विधेयक संसदमा गत सेप्टेम्बरमा पपारित भएको थियो । सो क्रममा विपक्षी दलका ८ सदस्यलाई निलम्बन समेत गरिएको थियो । नयाँ कानुनअनुसार फार्म उत्पादनको बिक्री, मूल्य निर्धारण र भण्डारणसम्बन्धी नियम खुकुलो पार्छ । यही नियमले भारतीय किसानलाई दशकौँदेखि सुरक्षित बजार दिएको थियो । तर अब निजी क्षेत्रका सुपरमार्केट, ग्रोसरीहरुले बजारमा खेल्न पाउने भएकाले किसानहरु विरोधमा उत्रिएका हुन् ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया