Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनद्वारा स्वास्थ्य बीमा नियमनका लागि कानुन स्वीकृत

चीनद्वारा स्वास्थ्य बीमा नियमनका लागि कानुन स्वीकृत


बेइजिङ ।
चिकित्सा संस्था र बीमादारहरूको अधिकार र जिम्मेवारी परिभाषित गर्ने मेडिकल बीमा कोषसम्बन्धी एक प्रमुख मस्यौदा नियमावलीलाई चिनियाँ राज्य परिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको छ । मस्यौदाले मेडिकल विधेयकहरूको समयमै व्यवस्थापन गर्नुका साथै बीमा कोषहरूको तुरून्त बाँडफाँडको काम गर्नेछ । यसले बीमा जालसाजीलाई विभिन्न माध्यमबाट जरिवाना र मेडिकल प्रमाणपत्र खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ ।

बेइजिङ, तियानजिन, हेबेईलगायतका १० प्रान्तस्तरीय क्षेत्रले मेडिकल–विमा कोषहरूको सुपरिवेक्षणका लागि वैधानिक विशेष संस्थाको गठन गरिसकेका राष्ट्रिय स्वास्थ्य सेवा सुरक्षा प्रशासनले जनाएको छ । ‘सेवामुखी यस मस्यौदाको उद्देश्य मेडिकल बीमा कोषको जनताको वैधानिक अधिकारको रक्षा, चिकित्सा बीमा कोषहरुको निरीक्षण र सुदृढीकरणको रहेको छ’, राष्ट्रिय स्वास्थ्य सुरक्षा अनुसन्धान संस्थानका सह–व्यवस्थापक यिंग याझेनले भने ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया