अमेरिकामा कानुनी झमेला झेल्दै फेसबुक

वासिड.टन ।
अमेरिकी संघीय नियामक तथा ४५ भन्दा धेरै राज्य महान्यायाधिवक्ताहरुले सामाजिक सञ्जाल कम्पनी फेसबुकमाथि प्रतिस्पर्धा छल्न अवैधानिक कार्य गरेको भन्दै मुद्दा दायर गरेका छन् । यो मुद्दा अमेरिकी सरकार पक्षबाट फेसबुकविरुद्ध भएको अहिलेसम्मकै महत्वपूर्ण र ठूलो मुद्दा हो । अधिकारीहरुले अदालतलाई फेसबुकले ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उस्तै एपहरुको स्वामित्व छोड्नुपर्ने आदेश दिन आग्रह समेत गरेका छन् ।
फेसबुकले भने यी मुद्दाहरुमा वर्षौँअघि सम्झौता र सहमति भएको दाबी गरेको छ । तर फेसबुकले यी मुद्दाहरु आफूसँगमात्र सम्बन्धित नभएको र सबै व्यवसायलाई खतरामा पार्ने गरी दायर भएको आरोप लगाएको छ । ह्वाट्सएप र इन्स्टाग्राममा आफूले लाखौँ डलर खर्चिएको भन्दै प्रतिरक्षा गर्ने प्रतिक्रिया दिएको छ । विश्वासघातसम्बन्धी कानुनले कम्पनीहरुले गरेको लाखौँ लगानीले उपभोक्ता र आविष्कारलाई रक्षा गर्ने जनाउँदै फेसबुकले यसले सफल व्यवसायलाई दण्डित गर्न नसक्ने बताएको छ ।
राज्यहरु र संघीय व्यापार आयोगले फेसबुकको २०१२ को इन्स्टाग्रामको प्राप्ति र सन् २०१४ को ह्वाट्सएप प्राप्तिलगायतलाई लिएर मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा फेसबुकले आफ्ना प्रतिस्पर्धीलाई किन या छोड भन्ने लक्ष्यसाथ अँचेटेको आरोप लगाइएको छ । उक्त मुद्दामा फेसबुकका प्रमुख मार्क जुकरबर्गले आन्तरिक रुपमा पठाएको मेसेजहरुलाई पनि उल्लेख गरिएको छ ।
सन् २००८ मा जुकरबर्गले आन्तरिक रुपमा प्रतिस्पर्धा गर्नुभन्दा किन्नु बेस रहेको सन्देश पठाएका थिए । फेसबुकमाथि शक्तिको दुरुपयोग गरी साना प्रतिस्पर्धी कम्पनीलाई घाटा पु-याएको आरोप लगाइएको छ । सोही कारण फेसबुकलाई खुल्ला छोड्न नहुने भन्दै मुद्दा दायर गरिएको हो ।
ताजा अपडेट
- संसद् पुनर्स्थापनापछिको नैतिक धरातल
- नेपालको उद्योग क्षेत्रमा चीन र अमेरिकाबाट धेरै लगानी
- देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एसियामै पहिलो
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया