ईयूले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्ने

ब्रसेल्स ।
युरोपेली संघका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् । युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो । युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले ट्वीटरबाट उक्त सहमतिका बारेमा घोषणा गरेका थिए । उनले जलवायू परिवर्तनका विरुद्धको संघर्षमा युरोप अग्रणी मुलुक भएको बताएका छन् । युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भने, ‘युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउनेछ । यसले सन् २०५० मा जलवायू तटस्थतातर्फको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको छ ।’
युरोपेली नेताहरुले जलवायू परिवर्तनको मुद्दामा झण्डै आठ घण्टा बहस गरेका थिए । केही कोइला–निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्यान्डले स्वच्छ ऊर्जातर्फको रुपान्तरणका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेको थियो । जलवायु परिवर्तन सम्बन्धी वार्ताले ब्रेक्जिट वार्तालाई पनि ओझेलमा पारेको थियो । युरोपेली संघमा हाल २७ मुलुक आबद्ध छन् । (रासस–एएफपी)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया