Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तान सरकारविरुद्ध लाहोरमा ठूलो प्रदर्शनको तयारी

पाकिस्तान सरकारविरुद्ध लाहोरमा ठूलो प्रदर्शनको तयारी


इस्लामाावाद ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुद्धमा यहाँका विपक्षीहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठ्यारो पार्ने बताएका छन् । उनीहरुले प्रधानमन्त्री इमरान खानले अनुरोध गरेबमोजिम सो जुलुस नरोक्ने पनि बताएका छन् । प्रधानमन्त्री खानले शुक्रबारमात्र यहाँका विपक्षी दलहरुलाई सो आग्रह गरेका थिए ।

पाकिस्तानका प्रमुख विपक्षी दल पीपीपीका अध्यक्ष विलावल भुट्टोले यो विरोध प्रदर्शनले सरकारलाई आफू कमजोर भएको सन्देश दिने बताएका हुन् । उनले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भनेका थिए– यो सरकारका विरुद्धमा कराँची, पेशावर र गुजरनवालामा जस्तै लाहोरमा हुन लागेको यो प्रदर्शनबाट पनि सरकारलाई धक्का मिल्ने छ ।

तर पछिल्लो समयमा पाकिस्तानमा कोभिड १९ को असर निकै बढ्दै गएको छ । त्यसैले देशमा ठूलो संख्यामा जुलुस निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुस ननिकाल्न प्रधानमन्त्री खानले भनेका थिए । पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा विभिन्न ११ वटा विपक्षी दलहरुले आन्दोलनलाई जारी राखेका छन् । ती विपभक्षी दलहरुले भोलि आइतबार पाकिस्तानको लाहोरमा विशाल जुलुस निकाल्ने तयारी गरेका छन् । यसअघि देखि नै सरकारले सो नारा जुलुस र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शन रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको थियो । तर विपक्षी दलहरुले भने कराँची, पेशावरलगायतका विभिन्न स्थानमा विशाल रुपमा विरोधका कार्यक्रम गरेका छन् ।

एकातरि देशमा कोभिडको समस्या रहेको छ भने अर्कातर्फ विपक्षी दलहरुले भने आन्दोलन जारी राखेका छन् । पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् ।

तर यो महामारीका बीचमा पनि विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी राखेका छन् । आन्दोलनका कारण विभिन्न स्थानमा झडपहरु पनि भएका छन् । यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहले जानकारी गराएका बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया