Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसम्झौताका लागि प्रयास जारी राख्न बेलायत र ईयू सहमत

सम्झौताका लागि प्रयास जारी राख्न बेलायत र ईयू सहमत

ब्रेक्जिट व्यापार वार्ता :


लन्डन ।
बेलायत र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौताको प्रयास जारी राख्ने सहमति भएको छ । बीबीसीका अनुसार आइतबार दुई पक्षका नेताहरु ईयूबाट बेलायतको बहिर्गमनपछि व्यापार सम्झौता गर्न सहमत भएका हुन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लियेनबीच थप प्रयास गर्ने सहमति भएको हो । दुवै नेताले विवादित पक्षको समाधान गरेरै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । तर उनीहरुले ब्रसेल्समै यस्तो पहल थर्ने र अन्तिम समयसम्म पनि सम्झौताको प्रयत्न गर्ने बताएका छन् ।

यो हप्ताको सुरुतिर जोन्सन र लियेनले सम्झौता गर्ने कि नगर्ने निक्र्योल गर्ने समय आइतबारसम्मका लागि तोकेका थिए । तर सम्झौताको हदैसम्म पहल गर्न जोन्सन सहमत भएका हुन् । ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बेलायत र ईयूबीच पटक पटक छलफल र वार्ता भइसकेको छ । यसका बाबजुद कुनै सहमति भने जुटिसकेको छैन ।



तपाईको प्रतिक्रिया